दाङ: जिल्ला प्रहरी कार्यालय दाङले लाखाँै मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१ वर्षीय दलबहादुर रोकालाई रिचार्ज कार्डसहित सार्वजनिक गरेको हो । रोकासँग रु ५० का रिचार्ड कार्ड १५ हजार २००, रु १०० का २१ हजार रु ५०० का ७२० गरी जम्मा ३६ हजार ९२० वटा रिचार्ज कार्ड बरामद गरिएको प्रहरी प्रमुख कृष्णहरि शर्माले जानकारी दिए ।

उक्त रिचार्ड कार्डको मूल्य रु १६ लाख १० हजार रहेको उनले बताए । रोकाले ती कार्ड चोरेर रोल्पाको थवाङ गाउँपालिका–२ का विभिन्न ठाउँमा बेचबिखन गरिरहेको सूचना पाएपछि यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउपछि अनुसन्धान गर्दा थप कार्ड उनको प्यूठान स्वर्गद्वारी नगरपालिका–७ स्थित ससुराली घरमा लुकाएको अवस्थामा बरामद गरिएकोप्रहरीले जनाएको छ ।

घोराहीका एक व्यवसायीले गत असोज २३ गते १७ लाख मूल्य बराबरको कार्ड चोरी भएको भन्दै प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए । निजलाई रोल्पा र प्यूठान प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको हो । रोकाविरुद्ध चोरी मुद्दा दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version