काठमाडौँ: नेपाल बैंक लिमिटेडमा कनिष्ठ सहायकदेखि सहायक प्रवन्धकसम्म विभिन्न पद तथा श्रेणीमा शुक्रबार जागिरका लागि आवेदन खुला भएको छ ।
बैंकले जुन कुनै पदका लागि अनलाइनबाट दर्खास्त हाल्न मिल्ने व्यवस्था गरेको छ। यसका लागि बैंकको साइट डब्लु डब्लु डब्लु डट एनबीएल डट कम डट एनपीमा लग इन गरेर भर्ना मिल्न सकिन्छ ।
बैंकले सहायक प्रवन्धक प्राविधिक र अप्राविधिक गरी जम्मा ८० जना, सहायक पदका लागि प्रदेश अनुसार २६० भन्दा बढी र कनिष्ठ सहायक पदका लागि प्रदेश अनुसार ४९ जनाका लागि जागिर खुलेको छ।
यस्तै, बैङ्का अनुसार तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदको हकमा उम्मेदवारले आफुले चाहेको कुनै एक प्रदेश मात्रै दर्खास्त पेश गर्नु पर्नेछ।
आवेदन मंगसिर ६ गतेसम्मका लागि मात्रै रहेको छ।
