काठमाडौँ: विगत तीन महिनादेखि लगातार घाटा व्यहोरी रहेको नेपाल आयल निगमले थप घाटा खाएरै पनि छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ।

प्रधानमन्त्री तथा सम्बन्धित् मन्त्रालय र संसदीय समितिको निर्धेशन पालना गर्दै निगमले मूल्य समायोजन नगर्ने निर्णय गरेको निगमका प्रवक्ता विरेन्द्र गॊइतले बताए।

उनले भने निगम व्यापारिक संस्थामात्रै नभई सेवा तथा सरकारी संस्था भएकोले सरकारको निर्देशन अनुसार काम गर्नु पनि यसको दायित्व हो।

विगत तीन महिनामा निगमको घाटा लगभग तीन अर्व रुपैयाँको हाराहारीमा पुगेको बताउँदै उनले भने- जति नै घाटा भएपनि चाडपर्वमा जनतालाई अतिरिक्त भार नपारी पेट्रोलिय पदार्थ विक्री गर्ने निर्णय गरेका हौँ ।

पछिल्लो समय नेपाली रुपैयाँमा भएको अवमूल्यन र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदा निगमको मासिक घाटा दुई अर्वसम्म पुगेको छ।

भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूची अनुसार निगमको १५ दिनको घाटा ८० करोड रहेको छ ।

उनले भने, ” अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र नेपाली रुपैयाँ कमजोर हुनु निगमको घाटा बढ्नु मुख्य कारण हो।”

उनका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २९ पैसा, डिजलमा सात रुपैयाँ १५ पैसा, खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ५०७ रुपैयाँ १४ पैसा घाटा रहेको छ भने मट्टीतेलमा प्रति लिटर १३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन (आन्तरिक) ४ रुपैयाँ ६४ पैसा र हवाई इन्धन (बाह्य) ४६ रुपियाँ ६६ पैसा नाफा रहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version