काठमाडौँ: कार्यान्व्यनमा आउनै नसकेको नेपाली वक्स अफिसमा शुक्रबार दुई नेपाली चलचित्र ‘मालिका’ र ‘चङ्गा चेट’ रिलिज भएका छन्।
मालिकालाई रेखा थापाले निर्माण तथा निर्देशन गरेकी हुन् भने दिपेन्द्र के खनाल ‘चङ्गा चेट’का निर्देशक हुन्।

मालिका हाल देशमा चर्चको बहसमा रहेको बलात्कार, बालबिबाह लगायतका महिला हिंसाको सेरोफेरोमा निर्माण गरिएको सिनेमा हो।

फिल्ममा रेखाले जाजरकोटकी कमला वलीलाई मुख्य कलाकारका रूपमा पेस गरेकी छिन्। कहिले फिल्म नहेरेकी कमलालाई अभिनय गराएका कारण पनि फिल्म चर्चामा छ।

च्यारिटी शोमा राम्रो प्रतिक्रिया बटुलेको सिनेमाले हलमा पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ।

यस्तै माधव वाग्लेले निर्मित डार्क कमेडीमा सामाजिक विषयवस्तुलाई रहने निर्माणपक्षको भनाइ रहेको छ । सिनेमाले अपराधिक गतिविधी, सुन काण्ड, मिटर व्याजका कुरा पेस गरेको बताइन्छ ।

‘चंगा चेट’मा प्रियंका कार्की, सन्दिप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रविन्द्र झा, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ भने ‘मालिका’मा कथा माथिको आजाव बनेकी कमला वली र रेखा थापा स्वंयमको मूख्य भुमिका रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version