काठमाडौँ: उपचार गर्न हिंडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन्। प्रदेश छाडी देशभित्रै पनि हिंडडुल गर्न संघीय सरकारको अनुमति लिंपुरने नियम छ।

कार्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषदसंग अनुमति लिएका छैनन्। उनको भ्रमणबारे जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

“निजी खर्चमा उपचार गर्न थाइल्याण्ड जान लागेको पत्रिकामा पढेको थिंए, परराष्ट्रका एक अधिकारिले भने, उपचारै गर्नका लागि परराष्ट्रलाई सोधिरहनु पर्दैन।”

राईको मामिलामा मंत्रिपरिषद कार्यलयले त्यस्तो कुनै सिफारिश, निर्देशन वा बोधार्थ पत्र परराष्ट्रलाई दिएको छैन।
यो खबर आजको कान्तिपुर दैनिकमा छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version