कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरू गरेका छन्।

छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

सरकारलाई न्याय दिन बाध्य पार्न थप दबाब दिन अनिश्चितकालीन धर्ना दिन सुरू गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए।

धर्ना दिनुअघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरूसहितको र्‍याली निकालिएको थियो। सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरूकै उपस्थितिमा थप दबाब दिन धर्ना अभियान सुरू गरिएको पनि यज्ञराजले बताए।

आइतबार धर्ना बस्नुअघि मदनचोकबाट सुरु भएको दबाव ¥यालीमा नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी र विद्यार्थीहरु सहभागी थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version