इलाम: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन् ।

आज यहाँ आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।”

उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हँुदै गएको बताए ।

मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उनको भनाइ थियो । “हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै रहेका हुन् तर जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन् भने हामी त्यसका लागि कडा भएर उत्रन्छाँै” नेम्वाङले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version