काठमाडौँ: साताको अन्तिम कारोवारको दिन पूँजी बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३ दशमलब ३१ अंकले घटेर एक हजार २०५ दशमलब ५८ अंकमा पुगेको छ ।

आजको कारोवारमा होटल बाहेक सबै समूहको परिसूचक घटेको छ ।

बाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा समूहले परिसूचक क्रमश: २ दशमलब ९८ अंकले, ३ दशमलब १९ अंक र २४ दशमलब १७ अंकले घटेको छ ।

आज कूल १५८ कम्पनीको ८ लाख २७ हजार ८५६ कित्ता शेयर २३ करोड ९८ लाख ६८ हजार १४२ मूल्यमा खरीद बिक्री भएको छ ।
बुधबार १४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर १७ करोड ८३ लाख ८० हजार ९३७ मूल्यमा खरीद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version