काठमाडौँ: नेपाल खाद्य संस्थानले किसानबाट धान खरिद प्रक्रिया छिटै शुरु गर्ने भएको छ । व्यापारिक प्रयोजनका लागि संस्थानले यो वर्ष पनि विभिन्न जिल्लाबाट झन्डै तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको संस्थानका प्रबक्ता शंकर सापकोटाले बताए ।

संस्थानले तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्न ९१ करोड रुपैयाँ छुट्याएको उनले बताए ।

दुर्गम जिल्लामा चामल पठाउनका लागि संस्थानले बर्सेनि धान खरिद गर्दै आएको छ । संस्थानले विभिन्न जिल्लामा गएर किसानबाट उपयुक्त मूल्यमा धान खरिद गर्ने गर्छ ।

संस्थानका अनुसार झापा, मोरङ, धनुषा, सिरहा र पर्सा लगाएतका तराईका विभिन्न जिल्लाबाट धान खरिद गर्न लागिएको छ ।

उनले भने सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्य भन्दा बजारमा भएको मूल्यमा धेरै फरक पर्न जाँदा धान खरिद प्रक्रिया केहि ढिलो हुन गएको छ ।

सरकारले धानको न्युनतम समर्थन मूल्य मोटाको प्रति क्विन्टल दुई हजार ३३१ रुपैयाँ र मध्यमको दुई हजार ४६० रुपैयाँ छ जुन बजार मूल्य भन्दा प्रति क्विन्टल ४०० रुपैयाँ महँगो छ ।

संस्थान सरकारी संस्था भएकोले सरकारले तोकेको मूल्यमा धान खरिद गर्नु पर्ने हो तर यसरि खरिद गर्दा ब्यापारिक संस्था पनि भएकोले संस्थालाई भार पर्ने उनले बताए ।

उनेल भने- “हामी समन्धित मन्त्रालयमा छलफल गरि यसको समाधान गरेर जति सक्दो चाडो धान खरिद प्रक्रिया शुरु गर्छौ”

उनका अनुसार तीन लाख ५० हजार क्विन्टल धानबाट दुई लाख २५ हजार क्विन्टल चामल बन्ने हुनाले उक्त चामल यो वर्षको लागि प्रयाप्त हुन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष सर्बाधिक ५६ लाख टनभन्दा बढी धान उत्पादन हुने अनुमान गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version