नुवाकोट: जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । दुई क्षेत्रका लागि आएको रु चार चार करोडमा अधिकांश रकम सडक पूर्वाधारमा विनियोजन गरिएको छ ।
विगतमा निर्वाचन क्षेत्र विकास कार्यक्रम भनिने यो कार्यक्रममा दुई निर्वाचन क्षेत्र नं २ का लागि आएको रु आठ करोडका योजना विनियोजन गरिएको हो । न्यूनतम रु १० लाखभन्दा माथिका योजना बनाउन सोे कार्यक्रमअन्तर्गत क्षेत्र नं १ र २ मा २०–२० योजना छनोट गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी तथा सदस्य सचिव सच्युतराज उप्रेतीले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा क्षेत्र नं २ का सांसद नारायणप्रसाद खतिवडाको अध्यक्षतामा बसेको बैठकले रु चार करोडको योजना छनोट गरेको हो । छनोट गरिएको योजनाहरुमा ११ वटा सडक पूर्वाधार निर्माणका योजना रहेको छ भने अन्यमा खेल मैदान र सामुदायिक भवन निर्माण तथा सिंचाइलगायत योजना छन् ।

क्षेत्र नं. २ का रहेका दुई नगरपालिका र तीन गाउँपालिकामा विभिन्न योजना कार्यक्रमका लागि छानिएको छ । गेर्खुखोला, नागटारी खहरेखोला नियन्त्रण र विदुर नपा ५ को खानेपानीका लागि रु. ४७ लाख, पासाङल्हामु सडक–रिमालडाँडा सडकका लागि रु १० लाख, मदनआश्रित पुस्तकालय, सचेतन पुस्तकालय र रुद्राक्ष युवा क्लबका लागि १८ लाख, सिद्धेश्वर प्रावि र कुसुनटार सामुदायिक भवनका लागि रु १० लाख, पृथ्वीमावि भवन निर्माणका रु १० लाख, लक्ष्मीनारायण र सत्यनारायण मन्दिर तथा मरनपाटी विदुर १ र ४ का लागि रु १५ लाख, पात्ले– दुईपीपल– कोल्पुटार सडकको खण्डको ओख्रे मयलबोटदेखि झ्याङ्ली पोखरी नयाँबस्ती सडकका लागि रु ६८ लाख विनियोजन गरिएको छ ।

यस्तै रातमाटे गैरीगाउँ खानेपानीका लागि रु १० लाख, तादी खोला– करुणाकर थम्का सडकका लागि रु २० लाख, केशवमोड –बालुवा भञ्ज्याङ सडक र स्वास्थ्यचौकीका लागि रु १५ लाख, सामरी– दाङ्सिङ मोटरबाटो र खेल मैदानका लागि रु २३ लाख, देउराली –भूमेदेवी– गोगने –कागुने मोटरबाटो र देउराली शहीद उद्यानका लागि रु ११ लाख, ऐंसेलु भूमे माविको भौतिक पूर्वाधारका लागि रु २० लाख, कार्की गाउँ खेलमैदानका लागि रु ११ लाख, साल्मे –बुङताङ मोटरबाटोका लागि रु १५ लाख, साल्मे– किम्ताङ मोटरबाटोका लागि रु १० लाख, सातदोबाटो –चोर चौतारो सडकका लागि रु ५० लाख, हल्देफाँट सिंचाइका लागि रु १० लाख र मुजुवा– साउने –गुराँसे सडक तथा नाली निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

यस्तै क्षेत्र नं १ को बजेट बिहीबार विनियोजन गरिएको थियो । क्षेत्र नं १ को कार्यक्रममा सडक पहिलो प्राथमिकतामा परेको छ । क्षेत्र नं १ का सांसद हितबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाबाट प्राप्त योजनालाई छनोट गरिएको हो । रु चार करोडका २० योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

जिल्ला समन्वय समितिका भएको बैठकले रु १० लाख देखि रु ५० लाखसम्मका योजनामा रकम विनियोजन गरिएको छ । क्षेत्र नं १ अन्तर्गत पर्ने शिवपुरी, ककनी, तादी, दुप्चेश्वर, लिखु, पञ्चकन्या र सूर्यगढी गाउँपालिकाभित्रका विकास योजनाका लागि रकम विनियोजन गरिएको हो ।

शिवपुरी गाउँपालिकाका सबै वडाहरुका लागि कृषि चक्रपथ रु ३० लाख, राम्चे –खरिभञ्ज्याङ –ठूलो खोला –बुद्ध साकेलापार्क मोटरबाटो रु १० लाख र शिवपुरी गाउँपालिका–३ मैदान, चापाबोट, झोम्लङ बोर्लाङ स्कूल र दमाईँ टोल सडकमा रु. २० लाख रहेको छ ।

रानीपौवा– ढुंगेनपौवा– लामागाउँ– चतुराले हुँदै गँंगटे जोड्ने मोटरबाटो रु ५० लाख, बधशाला– घमैला– बाघखोर हुँदै गणेश निमावि मोटरबाटो रु १० लाख, लिखु गापा १ र २ वडा ढिकुरे पिप्ले बजार हुँदै पाङदुरे हुँदै सूर्यगढी ३ सडक रु. ४५ लाख, सहरेटार सुवेदीडाँडा छापथोक हुँदै मिश्र गाउँ मोटरबाटो स्तरोन्नति रु १० लाख, सातबीसे मंगलामावि टोड्के भञ्ज्याङ मोटरबाटो रु ५० लाख छ । ढाँडखर्क बायोभिर सिम्टार हुँदै शिखरबेंसी वडा कार्यालय जोड्ने सडक रु. २० लाख, झगरे सिन्धुलीडाँडा सानो गोल्फु कालोपानी सडक रु २३ लाख, पुरगाउँ, डाँडागाउँ ग्रामीण सडक रु १० लाख, घ्याङफेदी, घ्याङडाँडा, सिसिपु मोटरबाटाका लागि रु १० लाख, एकीकृत बस्ती विकास बुधुने सडक स्तरोन्नतिका लागि रु १५ लाख, तादी १ मालाभञ्ज्याङ चित्रे हेपाल धन्सार मोटरबाटाका लागि रु १५ लाख, छापथोक रालुकामैदान चिलाउने गाउँ हुदै बाघमारा सडक रु. १५ लाख राखिएको छ ।

सूर्यगढी ३ सिम्ले मंगलादेवी मन्दिरदेखि २० मुरे नेपालटार कृषि सडक रु १० लाख राखिएको छ । फेदीबेंसी –गणेशथान– पौवाथोक– चाँपको बोट– डाँडापाटो हुंँदै लच्याङ गैरीगाउँ सडक रु १० लाख, सल्यानडाडा सोलेमाने माटरबाटो रु २० लाख सूर्यगढी गापा दामखोला मुहान गरी मूल कुलो पीपलेबाट सुंगुरेफाँट सिंचाइका लागि रु १५ लाख र सूर्यगढी खेलकुद मैदानका लागि रु. १० लाख विनियोजन गरिएको छ ।

गत सोमबार र मङ्गलबार बसेको परामर्श समितिको बैठकमा आएका योजना, गाउँपालिका अध्यक्ष प्रदेशसभा सदस्यको सुझावपछि योजनाको छनोट गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version