काठमाडौँ: प्रहरीले राजधानीबाट जीउँदो कछुवाको अवैध कारोबारमा संलग्नलाई १२ वटा कछुवाका बच्चासहित पक्राउ गरेको छ।

यो घटनासंगै राजधानीबाट कछुवाको पनि अवैध कारोबारी हुने गरेको छ भन्ने तथ्य खुलेको प्रहरीले बताएको छ।
उद्धार गरिएका त्यस्ता संरक्षित प्राणी प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले डिभिजन वन कार्यालय ललितपुरलाई हस्तान्तरण गरिएको छ।

विस्तृत घटना विवरण:

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति २०७५।०८।०३ गते जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोबाट अवैध रुपमा संरक्षित वन्यजन्तु जिवित कछुवा खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा जिवित कछुवा १२ ओटा उद्दार गरी संलग्न निम्न घर ठेगाना भएका मानिसलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाईएको ।

पक्राउ मानिस :
१) जिल्ला दोलखा भिमेश्‍वर न.पा. वडा नं. २ बस्ने बर्ष १८ को रशिक श्रेष्‍ठ ।

अपराध :-राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version