काठमाडौं: तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो ।

पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ र पान वइमिङलाई भने जनी ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित पाँच बर्ष कैद फैसला गरेको छ । तर, यी दुवै फरार छन् । उनीहरु चीन फर्किसकेको सुचना आएको प्रहरीले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
पत्रपत्रिकाबाट

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version