काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनसभा गर्दै छ। काठमाडौंको भृकुटीमण्डपमा हुने जनसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं भेला भएका छन्।

जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ। दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्याली निस्कने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार देशैभरबाट कार्यकर्ताहरू राजधानी आएर जम्मा भइसकेका छन्।

जनसभामा प्रमुख वक्ताका रूपमा खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नेछन्। यस्तै, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सम्बोधन गर्ने नेकपाका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए । उनले भने– ‘पार्टीको स्थायी कमिटीको निर्णयबाटै खड्गबहादुर विश्वकर्मा कमरेडलाई प्रमुख वक्ता तोकिएको हो। विप्लव कमरेड नेपालमै हुनुन्छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version