बोगोटा: क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।

भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ । कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version