काठमाडौँ: भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजमा देखिएको विवाद समाधान गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले आज स्थलगत जानकारी लिएको छ ।

उपसमितिका संयोजक योगेश भट्टराई, सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङ् तथा समितिका सचिव जीवन बुढाथोकीले आज सो स्थानमा पुगि कलेजको भौतिक संरचना र अन्य विषयमा पदाधिकारीसित जानकारी लिनुभएको थियो । सो अवसरमा प्राचार्य प्रा डा हरिकृष्ण श्रेष्ठले कलेजको भौतिक संरचना तथा अध्ययन अध्यापनका बारेमा जानकारी दिँदै कलेजको विवाद छिटो समाधान खोजिदिन आग्रह गरेका थिए।

सो अवसरमा उपसमितिका संयोजक सांसद भट्टराईले सर्वपक्षीय सहमतिमा चाँडोभन्दा चाँडो कलेजमा देखिएको विवाद समाधान गर्न पहल गरिने बताउनुभयो । कलेजलाई निजीकरण गरी प्रालिका रुपमा सञ्चालन गर्ने कि सामाजिक संस्थाकै रुपमा गैरनाफामूलक रुपमा अगाडि बढाउने भन्ने विषयमा कलेजका सञ्चालकबीच विवाद देखिएको थियो ।

कलेजका ११ सञ्चालक सदस्यमध्ये ६ जना गैरनाफामूलक रुपमा सञ्चालन गर्नुपर्ने तथा पाँच जना प्रालि बनाएर निजीकरण गर्नुपर्ने पक्षमा रहेको बताइन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version