विराटनगर: भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ ।

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए ।

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङकर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version