काठमाडौँ: एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ सान सुकी आज काठमाडौँ आइपुगेका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version