काठमाडौँ: अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।

अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन्।

गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो। सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो।

अमेरिकाका ४१औं राष्ट्रपति उनले सन् १९८९ देखि सन् १९९३ सम्म सत्ता सम्हालेका थिए।

दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए।

सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए। त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए।

रिपब्लिकन पार्टिबाट राजनीति सुरुवात गर्नुपूर्व उनी दोस्रो विश्वयुद्धका युद्धक विमान चालक थिए। उनी धनाढ्य तेल व्यापारी समेत थिए। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version