काठमाडौँ: साताको पहिलो कारोवारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट रहेको छ । आज आइतबर नेप्से परिसूचक १७ दशमलब ७३ अंकले घटेर एक हजार १३० दशमलब ६३ अंकमा झरेको छ ।

नेप्से परिसूचक घटेपनि कारोवारमा भने सुधार आएको छ ।

आजको कारोवारमा व्यापार बहेको सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक १३९ दशमलब ५१ अंक, जीवन बीमा १०५ दशमलब ६७ अंक र लघुवित्त समूहको परिसूचक २८ दशमलब ८५ अंकले घटेको छ ।

त्यसैगरी, बाणिज्य बैंक १५ दशमलब ५८ अंक, विकास बैंक ११ दशमलब ३३ अंक, होटल ३३ दशमलब २६ अंक र जलबिधुत १६ अंकले घटेको छ ।
व्यापार समूहको परिसूचक २ दशमलब ९६ अंकले बढेको छ ।

आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर ४५ करोड ४६ लाख ९५ हजार ९९५ मूल्यमा खरीद बिक्री भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version