काठमाडौं : जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन। तर यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ। एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ। यो सिन्डिकेटका कारण दुई सय रुपैयाँ प्रतिकिलो पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन्।

निर्माणसम्पन्न तथा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा उक्त कम्पनीले मात्रै विस्फोटक पदार्थ आपूर्ति गर्दै आएको छ। एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्काे आयोजनामा प्रयोग गर्न पाइँदैन। तर उक्त कम्पनीले ‘साह्रोगाह्रो परेको बेला’ भन्दै सापटीसमेत दिँदै आएको छ। यो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको छ।

पहिले नेपाली सेनाले विस्फोटक पदार्थ उत्पादन गथ्र्यो। त्यो बन्द गराएर यो कम्पनीले आफ्नो व्यापार अझ विस्तार गरेको छ। २०७२ सालको भूकम्पपछि भारतले कच्चा पदार्थ नदिएको बहानामा सेनाले उत्पादन बन्द गरेको थियो। त्यसपछि विस्फोटक पदार्थमा उक्त कम्पनीको एकाधिकार अझ बढेको जलविद्युत् व्यवसायीहरू बताउँछन्। ‘एकीकृतले त्यो बेलाका केही जरसाबहरूलाई प्रभावित पारी उत्पादन नै बन्द गर्न लगायो,’ स्रोतले भन्यो, ‘सेनाकै आयोजनाका लागि पनि त्यही गिरोहले आपूर्ति ग¥यो।’

सेनाले विगतमा उत्पादन नगरे पनि सुरक्षा दिएर आपूर्तिको बन्दोबस्ती गर्ने गरेको प्रवक्ता गोकुल भण्डारीले बताए। ‘हामीले आपूर्ति गर्न नसक्दा काम रोक्नु भएन,’ प्रवक्ता भण्डारीले भने, ‘कच्चा पदार्थ नआएर हामीले उत्पादन गर्न नसकेको हो।’ उनका अनुसार सेनाले एक महिनाअघिदेखि पुनः विस्फोटक पदार्थ उत्पादन गर्न थालेको छ।

निर्माणाधीन माथिल्लो तामाकोसीको ठेकेदार सिनो हाइड्रोले एकीकृत व्यापार कम्पनीका भरत पराजुलीसित विस्फोटक पदार्थ खरिद गरेको थियो। यस

मा विद्युत् प्राधिकरण र अन्य अर्ध सरकारी निकायको बहुमत सेयर छ। चिलिमे, साञ्जेन, मध्य भोटेकोसी, रसुवागढी, चमेलिया, इन्द्रावती, मेलम्ची, चाकु, भैरवकुण्ड, बलेफी, लगायतका जलविद्युत् आयोजनामा एकीकृतले नै आपूर्ति गरेको हो।

यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version