काठमाडौँ: पूँजी बजारमा दोहोरो अंकको सुधार आएको छ । आज मंगलबार नेप्से परिसूचक १० दशमलब २७ अंकले बढेर एक हजार १४२ दशमलब ०१ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचक शुन्य दशमलब ९ अंकले बढेको थियो ।

नेप्से परिसूचक सुधार आए पनि कारोवार रकममा भने गिरावट आएको छ ।

आजको कारोवारमा सबै भन्दा बढी विकास बैंक समूहको परिसूचक ३२ दशमलब ०२ अंकले, निर्जिबन बीमा समूहको परिसूचक १५ दशमलब ११ अंक, जीवन बीमा २० दशमलब ०१ अंक र अन्य समूहको परिसूचक १८ दशमलब ६९ अंकले बढेको छ ।

बाणिज्य बैंक ७ दशमलब २२ अंकले, जलबिधुत ७ दशमलब ४४ अंक र लघुवित्त ७ दशमलब ४५ अंकले बढेको छ ।

यधपी, होटल ३ दशमलब ८१ अंक र व्यापार समूहको परिसूचक शुन्य दशमलब ५१ अंकले घटेको छ ।

आज कूल १६१ कम्पनीको १२ लाख २२ हजार १४४ कित्ता शेयर ३८ करोड २६ लाख ५९ हजार ६७ मूल्यमा खरीद बिक्री भएको छ ।

सोमबार नेप्सेमा कूल १५६ कम्पनीको २१ लाख ३९ हजार ३४८ कित्ता शेयर ६३ करोड ७९ लाख ५४ हजार ९४८ मूल्यमा खरीद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version