काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोवार भएको छ ।
अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।
आइतबार प्रतितोला ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज ९०० ले बढेर ५८ हजार रुपैयाँमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज २० रुपैयाँले बढेर ७२० रुपैयाँमा कारोवार भएको छ ।
महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ रुपैयाँ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको ६०९ रुपैयाँ कायम भएको छ ।
