कामठाडौं: सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ ।

निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए ।

आजको कान्तिपुर दैनिकमा यो खबर छ, ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने भनिएको थियो,’ स्रोतले भन्यो, ‘व्यवस्थापनको बेलैमा निर्णय नगर्दा डेढ महिना भइसक्यो जहाज फर्किएन।’ क्लालामपुरस्थित निगमको विमान मर्मत गर्ने जिम्मा लिएको डेभिएसन कम्पनीले इन्जिन एक्सरे गर्दा थप प्राविधिक गडबडी देखाएको स्रोतले बतायो।

त्यो विमानको इन्जिनमा हुने सी डक्ट उपकरण नै इन्जिनियरले फेर्नुपर्ने सुझाव दिएका थिए। बोइङ कम्पनीका इन्जिनियरले पनि मलेसियन प्राविधिककै सुझावअनुसार विमान मर्मत गर्नुपर्ने भनेको छ। उक्त उपकरणको २ लाख डलर हाराहारी २ करोड २५ लाख रुपैयाँ लागत पर्ने भनिएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version