ललितपुर: सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् ।

कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताए । उनले भने, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।”

चालक अनुमतिपत्रबाट टुक्रा खसेपछि सिन्धुलीका करण थापा एकान्त कुनास्थित कार्यालय पुगे। चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेको १० महीनापछि मात्र उनले अनुमतिपत्र पाए।

“टुक्रा खसेपछि ट्राफिक प्रहरीले समेत शङ्का गर्छ,” उनले भने, “ट्रायल पास गरेर लिएको अनुमतिपत्र सक्कली हो भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।”

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गए पनि अहिलेसम्म सबै काम सङ्घले नै गरिरहेको छ । अरु कुराको गुनासो जसरी चालक अनुमतिपत्रमा देखिएको समस्याका बारेमा विभागलाई नै भनिरहेको उनले बताए।

कहिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ त कहिले टुक्रा खस्ने र कहिले सफ्टवेयरमा समस्या आउँदा कार्यालयले सेवाग्राहीलाई विभाग पठाउने गरिएको छ ।

नीतिगतरुपमा निर्णय भए पनि व्यावहारिकरुपमा विभागलाई नै कार्यालयले समस्या आउँदा सिफारिश गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version