काठमाडौँ: आइतबार देखि जारी अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज सकिएको छ । संघीय र प्रदेश सरकार गठन भएको ९ महिनापछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरू संलग्न हुने अन्तर प्रदेश परिषद्को आइतबारदेखि सिंहदरबारमा बसेको थियो ।

बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

उक्त कार्यदलले एक हप्ताभित्र बैठकको निश्कर्षसहितको प्रतिवेदन बुझाउने बताइएको छ ।

कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री उपस्थित कार्यक्रममा प्रतिवेदन बुझाउनेछ ।

प्रदेश र संघवीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु देखिएका कारण ती विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठक बोलाएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version