काठमाडौँ: जोशी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आर्इपिओ) मंगलबार बाँडफाँड भएको छ। हाईड्रोपावरको शेयरमा आवेदन गर्ने कूल ८३ हजार ७३६ जना वैध आवेदकमध्ये ७६ हजार १२२ जनाले २० कित्ता र ७ हजार ६१४ जना आवेदकले १० कित्ता शेयरका दरले शेयर पाएका छन् ।

कम्पनीले कूल १६ लाख ९० हजार ४९० कित्ता शेयर निष्काशन गरेकोमा ८४ हजार ५२३ कित्ता म्युचुअल फण्ड र ७३६७ कित्ता शेयर कर्मचारीलाई छुट्टाएर १५ लाख ९८ हजार ५८० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो ।

आईपिओमा कूल ८३ हजार ७७० वटा आवेदनबाट ५९ लाख ६ हजार ८९० कित्ता अर्थात ३.७० गुणा बढी आवेदन परेको थियो । जसमध्ये ३४ आवेदनबाट परेको १० हजार ६३० कित्ता रद्ध भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँड हुने १५ लाख ९८ हजार ५८० कित्तामध्ये रितपूर्वक आवेदन दिने ८३ हजार ७३६ जना आवेदक सबैलाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको हो ।

यसरी बाँडेर बाँकी रहेको ७ लाख ६१ हजार २१० कित्ता शेयर ८३ हजार ७३६ जना आवेदकमध्ये गोलाप्रथाबाट ७६ हजार १२२ जनालाई थप १० कित्ता गरि २० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version