काठमाडौँ: नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ ।

“कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोपालप्रसाद पोखरेलले भन्नुभयो, “सरकारले दुई तिहाइ दम्भका आधारमा कर्मचारी समायोजन अध्यादेश ल्याएको छ ।”

“कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनै पनि छलफल गरेन, संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याउनुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष पोखरेलले कर्मचारीसँग विना छलफल गरी ल्याएको अध्यादेशका विरुद्धमा आन्दोलन गर्ने बताउँदै मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।
सम्मेलनमा निजामती कर्मचारीको आधिकारिक सङ्गठन ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले संसद्लाई छलेर ल्याइएको कर्मचारी अध्यादेशका विरुद्धमा आन्दालेन गर्ने बताउँदै कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको धारणा व्यक्त गर्नुभयो ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version