काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन जर्दान शकिरीले दुई गोल गरे । त्यस्तै, साडियो मानेले एक गोल गरे भने म्यान्चेस्टर युनाइटेडका जेसे लिंगार्डले एक गोल फर्काएका थिए ।

खेलको २४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा लिंगार्डले गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले लिभरपुलसँग १–१ को बराबरीमा बनाएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लिभरपुलका लागि शकिरीले खेलको ७३औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । खेलको ८०औं शकिरीले अर्को गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाएका हुन् ।

जितसंगै लिभरपुलले १७ खेलबाट ४५ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ । पराजित म्यान्चेस्टर युनाइटेडको भने १७ खेलबाट २६ अंक रहेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४४ अंक रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version