चितवन: नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।

कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँकी रहेको छ । विगत लामो समयदेखि बिजुली उपभोग गरी महसुल बुझाउन नआएका उनीहरुको तीन पुस्तेसहित कालो सूचीमा नाम प्रकाशन गरिएको हो ।

कालो सूचीमा परेका ग्राहकको लाइन काट्ने काम भइरहेको उनले जानकारी दिए । कालो सूचीमा रहेका अन्य सात जनाले बक्यौता रकम बुझाइसकेका छन् । उनीहरुबाट रु एक लाख ८४ हजार ६९२ असुली गरिएको छ । सोही क्रममा ३५० भन्दा बढीको लाइन काटी बक्यौता असुली गरिएको छ ।

वितरण केन्द्रका अनुसार हाल विभिन्न ग्राहकबाट रु ३८ करोड २९ लाख २४ हजार ६९४ बक्यौता असुल गर्न बाँकी रहेको छ । बक्यौता रहनेमा सबैभन्दा बढी ग्राहस्थ्य उत्पादन (घरायसी)को रु सात करोड ८३ लाख ३४ हजर ८३, गैर व्यावसायिक संस्थाको रु दुई करोड १९ लाख २५ हजार ६३२ रहेको छ । सिँचाइको रु दुई करोड ३१ लाख ८९ हजार ३९९, उद्योगको रु ९३ लाख ३१ हजार १४२, व्यावसायिक सङ्घसंस्थाको रु ४७ लाख १८ हजार ९८४, घरायसीबाहेक अन्य प्रयोजनका लागि रु ३७ लाख १० हजार १३६ र खानेपानी रु १० लाख ९५ हजार ११४ बक्यौता रहेको छ ।

यस्तै अस्थायी बत्तीबापत रु चार लाख २३ हजार ३२९ र मठ मन्दिरको रु दुई लाख २३ हजार ३१८ रहेको छ । राजथलाका अनुसार सबैभन्दा बढी सडक बत्तीको बक्यौता रहेको छ । सडक बत्तीबापत रु २३ करोड चार लाख ८३ हजार ४४९ भुक्तानी मिलान गर्न बाँकी रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version