काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लामो समयको कसरतपछि ‘विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि (दोश्रो संस्करण, २०७५) सार्वजनिक गरेको छ।
मन्त्रालयद्वारा आज आयोजित एक कार्यक्रममा सरोकारवाला पक्षहरुसंग कार्यविधिमाथि आवश्यक छलफल गर्दै यसको सार्वजनिकीकरण गरिएको हो।
कार्यविधिमा माथि प्रष्ट पार्दै केन्द्रका महानिर्देशक बाबुराम पौडेलले भने स्थानीय तहले कार्यविधिलाई संशोधन वा अनुमोदन गरी सम्बन्धित स्थानीय तहभित्रका सम्पूर्ण विधालयहरुमा लागु गराउने व्यवस्था गर्न सक्छन्।
कार्यविधि ‘तारा’ पद्धतीमा आधारित रहेर तयार पारिएको जसमा एक, दुई र तीन गरी जम्मा तीन तारेको व्यवस्था गरीएको छ जसमा १० सूचकहरु तयारी गरी हरेक पहिलो तारा अर्थात एक तारे पाउनसमेत एक दुई र तीन तारेमा व्यवस्था भएका मापदण्ड पूरा गरेपछि मात्रै एक तारे संकेत बिद्यालयले प्राप्त गर्नेछन्, केन्द्रका निर्देशक पदम सिंह बिष्टले जानकारी दिए।
महानिर्देशक पौडेलका अनुसार विद्यालयमा दिगो खानेपानी, सरसफाई तथा स्वच्च्छता प्रवर्धन गरी शैक्षिक उपलब्धी बढाउन अनुकूल वातावरण सिर्जना गर्न मद्धत पुग्नेछ।
यस्तै निर्देशक बिष्टले भने अव यस कार्यविधिले विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धनका लागि सरकारी, संयुक्त राष्ट्र संघिय मिसन, गैर सराकारी, निजी क्षेत्र र नागरिक समाजकाबीचमा रहेर लगिने कार्यक्रममा एकरुपता, समन्वय, सहकार्य र साझेदारीको भावना विकसित हुनेछ।
यस्तै कार्यक्रममा कार्यविधीमाथि सरोकारवालाको पक्षबाट विभिन्न धारणा राख्ने क्रममा विभिन्न वक्त्ताहरुले कार्यविधि निकै लामो प्रतीक्षा पछि आएपनि राम्रो आएको प्रतिक्रिया दिए।
कार्यक्रममा बोल्दै वास विज्ञ नमस्तेलाल भूमी श्रेष्ठले भने कार्यविधि अत्यन्तै राम्रो भएपनि पहिलेको कार्यविधिमा उल्लेख गरिएका बुंदाहरु जस्तो देशभरका नमुना स्कुलहरुले खानेपानी र स्वच्छतामा गरेका उल्लेख्य र नमुना योग्य कार्यहरु कार्यविधिमा छुटाइएकाले त्यो पनि समाबिस्ट गर्न सुझाव दिए।
यस्तै अर्का वक्ता हिमालय पन्थीका अनुसार कार्यक्रम तारे पद्धतिभन्दा पनि जनताले, स्थानीयस्तरले उनीहरुले बुझिने गरी ‘लोकलाइज’ पद्धतिमा तयार गर्न सकिएको भए झन् राम्रो हुने थियो ।
यस्तै बिद्यालय खानेपानी र स्वच्छता सम्बन्धी विषयगत स्कुलका शिक्षकहरुलाई उत्तरदायी बनाउन सकिए झन् कार्यविधिको प्रभाकारिता रहने पन्थीले बताए।
कार्यक्रममा बोल्दै खानेपानी तथा ढल निकास विभागका तर्फबाट बोल्दै भोजेन्द्र अर्यालले हामीले निर्माण गरेका कार्यविधिमा नीति र नियत सफा र स्वच्छ हुन सके मात्रै कार्यविधिले काम गर्ने बताए ।
कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुले समेत आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए।
कार्यविधिमा जनाइए अनुसार अव हरेक विद्यालयहरुले तीन तारा पाउने बिद्यालयहरुले दैनिक प्रतिव्यक्ति १२ लिटरका दरले स्वच्छ खानेपानी व्यवस्था गर्नेपर्ने, २५ छात्रा र ४० छात्र अनुपातका आधारमा एक शौचालय हुने पर्ने, ४० छात्रा र ६० छात्रको अनुपातमा एक धारामा सबैको सहज पहुँचसहित प्रयोग भई नाली वा सोकपिट वा बगौचा वा करेसाबारीमा पानीको निकासाको व्यवस्था गरिएको हुनुपर्ने प्रावधान छ।
