काठमाडौँ: साताको दोश्रो कारोबारको दिन सोमबार पुंजीबजारमा दोहोरो अंकको वृद्धि कायम रहेको छ । आअको कारोबारमा नेप्से परिसूचक १५ दशमलब १७ अंकले बढेर एक हजार १८२ दशमलब ७८ अंकमा पुगेको छ ।
आजको कारोबारमा ब्यापार बाहेक सबै समुहका परिसूचक हरिया रहेका छन्।

आज सबै भन्दा बढी निर्जीवन बीमा समुहको परिसूचक २२० दशमलव ५१ अंकले र जीवन बीमाको परिसूचक १९५ दशमलव ९६ अंकले बढेको छ। त्यसैगरी, बाणिज्य बैंक समुहका परिसूचक ९ दशमलव १५ अंक, लघुवित्त ४० दशमलव २१ अंक, उत्त्पादन २३ दशमलव २१ अंक, विकास बैंक ८ दशमलव ५ अंक र जलाबिध्युत पांच दशमलव ३७ अंकले बढेका छन्। यद्यपी, ब्यापार समुहको परिसूचक ३ दशमलव ०४ अंकले घटेको छ।

आज कूल १५9 कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर ४२ करोड ३ लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version