काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीले प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिटो अनुमोदन माग गरेका छन्।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चिकित्सा विधाबाट नै सचिव नियुक्ति गर्न र संविधान प्रदत्त स्वास्थ्य अधिकार कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पठन पाठन छिटो शुरु गराउन, हरेक प्रदेशका एक /एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न र विगतमा आफूसित सरकारले गरेका सहमति कार्यान्वयन गर्न विज्ञप्तिमा माग गरिएको छ ।

यसैबीच शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन छलफल जारी रहेको जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version