काठमाडौँ: मुस्ताङको स्याङबोचेमा भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
मुस्ताङ प्रहरी निरीक्षक राजेन्द्र प्रसाद रेम्गीका अनुसार मृतकको संख्या १९ पुगेको छ र उनीहरुको सनाखत गर्ने कार्य जारी रहेकोले मृतकको विवरण दिन केहि समय लाग्छ ।
पोखरा: मुस्ताङको स्याङबोचे नजिकैसडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १३ जना पुरुष र छ जना महिला रहेका छन् , हालसम्म सनाखत भएका मृतकहरु मध्ये — बालकुमारी घर्ती, सुकमान रोका, सुजन घलान, बिन्ति घर्ती, महेश रोका र कमलसिंह रोका रहेका छन् ।
दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी जनाएको छ ।
घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जनाए ।
ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् ।
बाटो बनाउने कामदार बोकेको बा २ क २२१९ नम्बर टिपर साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।
