काठमाडौँ: शेयर बजार ओरालो लाग्ने क्रम आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ४६ अंकले घटेर एक हजार १६२ दशमलव ७० अंकमा झरेको छ ।

आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार १४ दशमलव ६१ अंकले घटेको थियो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २६ अंकले घटेर २४७ दशमलव ३३ अंकमा पुगेको छ ।

आजको कारोवारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३६ दशमलब ५६ अंकले र बाणिज्य बैंक ८ दशमलब ६५ अंकले घटेका छन् ।

त्यसैगरी, होटल ५ दशमलब ५४ अंकले, लघुवित्त ५ दशमलब ९३ अंकले र जलबिधुत २ दशमलब १३ अंकले घटेका छन् ।

यधपी, निर्जीवन बीमा समूहको परिसूचक १७ दशमलब ६९ अंक र विकास बैंक १४ दशमलब ९७ अंकले बढेका छन् ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको १३ लाख २ हजार ८२२ कित्ता शेयर ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version