काठमाडौँ: जारी बिश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले उरुग्वेलाई २-० हराउंदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

फ्रान्सका लागि पहिलो गोल भरानले ४० औं मिनेटमा गरेका थिए भने दोश्रो गोल एन्टोनियो ग्रिजमेनले ६० औं मिनेट गर्दै टोलीलाई जितको बाटो सुनिश्चित गराएका थिए ।
यो जितसंगै उसको भेट आजै राति हुने ब्राजिल र बेल्जियमबीच हुने खेलको बिजेतासंग हुनेछ ।

फ्रान्स छैठौं पटक बिश्वकपको सेमिफाइनलमा पुगेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version