काठमाडौँ:साताको कारोवारको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । आज बिहिबिर नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १८ अंकले बढेर एक हजार १६५ दशमलव ९७ अंकमा पुगेको ।

बुधबार नेप्से परिसूचक ५ दशमलव ४६ अंकले, मंगलबार १४ दशमलब ६१ अंकले घटेको थियो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ अंकले बढेर २४८ दशमलव ०७ अंकमा पुगेको छ ।

आजको कारोवारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३० दशमलब ४९ अंकले, जीवन बीमा १९ दशमलब ५१ अंक र बाणिज्य बैंक ३ दशमलब ४९ अंकले बढेको छ ।

त्यसैगरी, विकास बैंक १२ दशमलब ८८ अंकले, जलबिधुत ११ दशमलब ५८ अंकले र लघुवित्त एक दशमलब १२ अंकले बढेका छन्।

यधपी, होटल समूहको परिसूचक २८ दशमलब ९३ अंक र बित्त ६ दशमलब ५९ अंक र ब्यापार शुन्य दशमलब ३४ अंकले घटेका छन् ।

स्टककाअनुसार आज कूल १६३ कम्पनीको १२ लाख ५ हजार ९१४ कित्ता शेयर ४० करोड ११ लाख २ हजार ९३० मूल्यमा खरीद बिक्री भएका छन् ।
बुधबार नेप्सेमा १५८ कम्पनीको १३ लाख २ हजार ८२२ कित्ता शेयर ३८ करोड ७२ लाख ९२ हजार ९०८ मूल्यमा खरीद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version