काठमाडौँ: वैंकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

राष्ट्रिय वाणिज्य वैंकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–वैंकिङ, मोबाइल वैंकिङ र ई–सेवा वालेट जस्ता विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले वैंकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । –––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version