काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल चलचित्र प्राविधिक सङ्घको वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारी सेवामा कार्यरत कर्मचारीमा तलब सुविधाको कुनै विभेद नभएको प्रष्ट्याए।

सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम् बेतन तोकेको उल्लेख गर्दै उनले भने, “सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुन्छ, चलचित्र क्षेत्रका श्रमिकले पनि सोहीअनुसारको पारिश्रमिक पाउनुपर्छ ।”

श्रमिकको जीवनयापनलाई सहज बनाउन र निर्धक्कसँग काम गर्ने वातावरण निर्माण गर्न केही समयअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको दोहो¥याउँदै मन्त्री विष्टले बहुआयामिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताए । उनले भने, “चलचित्र क्षेत्रमा कार्यरत कलाकार, प्राविधिकलगायतले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने छ ।” चलचित्र क्षेत्रमा कार्यरत प्राविधिकको साझा संस्थाका रुपमा विसं २०५६ सालमा सङ्घको स्थापना भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version