काठमाडौँ: काठमाडौं जिल्ला अदालतका डिठ्ठा १० हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुयपोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेललाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो।
पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो।
पक्राउ परेका पोख्रेलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको अख्तियारका रामेश्वर दंगालले जानकारी दिए।
Facebook Comments Box
