काठमाडौँ: नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ । प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version