काठमाडौँ: साताको पहिलो कारोवारको दिनदेखी घटेको पूँजी बजार बुधबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलब ४२ अंकले घटेर एक हजार १८० दशमलब ४३ अंकमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अंकले घटेर २५० दशमलब ५३ अंकमा झरेको छ ।

मंगलबार नेप्से एक दशमलब १३ अंक, आइतबार नेप्से १० दशमलव ६२ अंकले र सोमबार १७ दशमलब २६ अंकले घटेको थियो ।

आज कूल १५४ कम्पनीका ७ लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख ७ हजार १६६ मूल्यमा खरीद बिक्री भएका छन् । मंगलबार नेप्सेमा कूल १५६ कम्पनीका ६ लाख ६९ हजार ७२० कित्ता शेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भएका थिए ।

आजको कारोवारमा ब्यापार र लघुवित्त बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बाणिज्य बैंक ४ दशमलब ४४ अंक, होटल ५ दशमलब ७९ अंक, विकास बैंक तीन दशमलब ०१ अंक र जलबिधुत १२ दशमलब ६२ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ८ दशमलब ४३ अंकले , जीवन बीमा ६८ दशमलब ३९ अंकले घटेका छन्

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version