काठमाडौँ: यही पुस २७ गते अर्थात राष्ट्रिय एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म जयन्ती आउंदै गरेको सन्दर्भमा सरकारले राष्ट्रिय एकता दिवस नमनाउँने संकेत घुमाउरो पारामा दिएको छ।

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकारले सोधेको प्रश्नमा भने राष्ट्रिय एकताको विपक्षमा सरकार रहला र भन्दै उल्टै प्रतिप्रश्न गरे। पत्रकारले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउँछ कि मनाउँदैन भनेर प्रश्न सोधेका थिए।

“त्यो त खुशीको कुरा हो, राम्रो कुरा हो, हाम्रो देश, हाम्रो देशको डाइभरसिटी, हाम्रो देशको भूगोल, हाम्रा देशका जनता, संस्कृति, भाषा, सम्मान, हाम्रा समान चासो चिन्तो र आकांक्षाहरुलाई प्रतिनिधित्व गर्ने राष्ट्रिय एकाता दिवस मनाउँछ।
तर अव कसलाई शिरमा थापेर मनाउँछ वा नेपाली जनताको आफ्नो बुझाइको आधारमा मनाउँ त्यो बेग्लै कुरा हो,” मन्त्री बास्कोटाले भने।

सरकारले पुस २७ गते दिंदै आएको सार्वजनिक बिदा पनि गणतन्त्रपछिको पहिलो संविधान सभाको बैठकले घोषणा गरे अनुसार गणतन्त्र दिवस राष्ट्रिय दिवस भनेर घोषणा गरेकाले पुस २७ राष्ट्रिय एकिकरण दिवस मनाउँन छाडेको छ। गणतन्त्र दिवसमा पनि सरकारले यसपाली देखि बिदा दिएको छैन।

गत वर्ष सरकारले नै मनाएको थियो एकता दिवस
तर हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला पराष्ट्रमन्त्री बनेका कमल थापाका पालामा भने पृथ्वीनारायण शाहको जन्म दिनसमेत रहेको राष्ट्रिय एकता दिवसलाई ११ वर्ष पछि पहिलोचोटि सरकारीस्तरमै कार्यक्रम गरेर मनाइएको थियो।

उक्त औपचारिक कार्यक्रममा राष्ट्रपति र ओलीसमेत सहभागी भएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाएका थिए।

२०६२/६३ को आन्दोलनपश्चात् काटिएको एकता दिवस एवम् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने चलनलाई यसपालि ब्युँताउँदै सरकारले निर्वाचनअघि नै पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गत वर्ष राष्ट्रिय एकता दिवसको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै।
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version