काठमाडौँ: नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई वैद्य माओवादी निकट बताउने विद्यार्थी संगठनले कालाेमाेसाे दलेका छन्।
कार्लयमा बसिरेकाे बेला दुइजना आएर कालाेमाेसाे दलेर भागेका निगम स्रोतले बतायो ।
स्रोतका अनुअर दिउँसाे चार बजेकाे समयमा दुई जना व्यक्ति महाप्रबन्धकको कार्यकक्षमा आए, वैद्य समूहकाे विद्यार्थी संगठनका नेता बताउने उनीहरुले कालाेमाेसाे दलेर भागेका हुन् |
बाहिर बसेकाे सुरक्षा गार्डले समाउन खाेज्दा खाेज्दै भागेर दाैडेकाे उनले बताए।
कंसाकारलाई वाइडबडी जहाज खरिदमा अनियमितता गरेकाे संसदकाे सार्वजनिक लेखा समितिले गठन गरेकाे उपसमितिले आराेप लगाएकाे छ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कंसकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको स्वीकार गर्दै घटनाको जिम्मेवारी लिएका हुन् ।
