काठमाडौँ: संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने आपत्ति छ ।

त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाई छ ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version