काठमाडौं: उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका यादवले निगम भित्र रहेका विकृती र विसंगती लाई बन्द नगरिकन कसैको पनि कल्याण नहुने बताएका छन् ।
आफु मंत्री हुनुभन्दा अघि निगम विकृतिले धेरै ठाउमा प्वाललै प्वाल भएर तेल चुहीएको अवस्थामा रहेको र यसलाई टाल्ने प्रयास गरिएको भन्दै उनले अव सबैको सहयोगले अझै रहेकॉअ चुनौतीहरुलाई हल गर्न जरुरी रहेको छ, निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै मन्त्री यादवले भने।
निगममा ढुवानीकर्ता, चालक, निगमभित्रैकै कर्मचारी र राजनीतिक क्षेत्रका कारण निगम धरासायी अवस्थामा भएकोले अव सबै क्षेत्रका व्यक्तिले निगमलाई व्यवस्थित गर्दै जनताप्रती उत्तरदायी भएर काम गर्नु पर्ने, उनले बताए।
“निगमबाट पूर्व राजा ज्ञानेन्द्रदेखि पूर्व प्रम, पूर्व मन्त्री र ठुला गन्ने मान्नेले निगमबाट अनुदानमा खान पकाउने ग्यास प्रयोग गरिरहेको अवस्था छ,” यादवले भने।
निगमले अव अनुदान दिनु पर्नेको सूची तयार गरेर पीडित र गरीव जनताका लागि अनुदानमा ग्यास दिने तयरी गरेको छ उनले भने। “सक्ने र हुनेखानेले पाइरहेको अनुदानममा हामी अव कटौती गर्छौं र सहुलियत पाएका हरुको नाम सार्वजनिक गर्छौं,” यादवले भने।
यस्तै कार्यक्रममा बोल्दै, निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगममा पुनर्संरचनाकू काम अघि बढाउने बताए।
“अब निगमको रिफर्म गर्छु, निगम अहिलेकै अवस्थामा रहन सक्दैन,”उनले भने।
सरकारले आफूलाई निगम सुधार गर्न पठाएको समेत पौडेलले बताएका छन्। कार्यकारी निर्देशक पौडेलले तेल बेच्ने मूल्यमा निगमको नाफामात्र नजोडिएको भन्दै सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि बताए ।
त्यस्तै बुढीगण्डकी आयोजनाका लागि २७ अर्ब रुपैयाँ संकलन गरेको भन्दै यी सबै आधारहरुलाई हेरेर निगम अघि बढ्ने बताएका हुन् ।
