काठमाडौँ: पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ ।
छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भँैसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिनुभयो ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उहाँले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइ रहेको छ ।

उहाँको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version