काठमाडौं : स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्।

त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ। गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको थियो।

पढाइको प्रकृतिअनुुुुसार यी दुई थरि विद्यार्थीको मूल्यांकन तरिका फरक छ। सेमेस्टरमा उपस्थितिलाई अनिवार्य मानिन्छ। कुल एक सय पूर्णांकमा ४० प्रतिशत अभ्यासमूलक कार्य र ६० प्रतिशत सैद्धान्तिक विषयका लागि अंक दिइन्छ। वार्षिकअन्तर्गतका विद्यार्थीको एक सय पूर्णांकमै परीक्षा लिइन्छ। सेमेस्टरमा पढेका विद्यार्थीले उच्च अंक ल्याउँछन्। अधिकतम चार जीपीएसम्म दिइन्छ। वार्षिक परीक्षाका विद्यार्थीलाई प्राप्तांकलाई प्रतिशतमा गणना गरेर नम्बर दिइन्छ।

एकै कक्षमा एकै विषय पढेका विद्यार्थीमध्ये कुुनैलाई धेरै र कुुनैलाई थोरै नम्बर दिनुु अवैज्ञानिक भएको तर्कका आधारमा सेमेस्टरमा ग्रेडिङ प्रणाली लागू गरिएको हो। पदक दिने बेलामा भने अव्यवहारिक भनेर हटाइएको पूरानो प्रणाली अपनाइएको छ। ‘त्रिविको यो शैली अवैज्ञानिक र अव्यवहारिक छ’, त्रिविकै नेपाली विषयका प्राध्यापक डा.रमेशप्रसाद भट्टराईले भने। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version