काठमाडौँ: शेयर बजारको वृद्धिमा पुन: ब्रेक लागेको छ । सोमबार र मंगलबार बढेको नेप्से परिसूचक आज बुधबार पुन: ७ दशमलब ५७ अंकले घटेको छ ।

सोमबार नेप्से ११ दशमलब ७४ अंकले र मंगलबार १७ दशमलब ५१ अंकले बढेको थियो भने आइतबार ५ दशमलब ७८ अंकले घटेको थियो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०५ अंकले घटेर २५१ दशमलब ५० अंकमा पुगेको छ ।

आज कूल १६९ कम्पनीका १७ लाख ४४ हजार १८७ कित्ता शेयर ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भएका छन् ।

आजको कारोवारमा बाणिज्य बैंक ५ दशमलब २ अंक, होटल २ दशमलब ४४ अंक, विकास बैंक १ दशमलब ४१ अंक र बित्त २ दशमलब ३२ अंकले घटेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा समूहको परिसूचक ११२ दशमलब १८ अंकले र जीवन बीमा ७३ दशमलब ०४ अंकले घटेका छन् ।

यधपी, जलबिधुत समूहको परिसूचक २२ दशमलब ८३ अंकले, व्यापार एक दशमलब ८६ अंकले र उत्पादन २ दशमलब ८९ अंकले बढेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version