काठमाडौं : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खदिरमा भएको अनियमितता छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन्।

निगमले खरिद गरेको एयर बसको ए ३३०-२४३ नामक २७४ सिट क्षमताका वाइडबडी खरिदमा भएको अनियमिता प्रमुख दलका ठूला नेताको संग्लग्नता रहेको दाबी गर्दै भट्टराईले समिति बनाउन माग गरेका हुन्।

उनले बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रमुख दलका ठूला नेताको संग्लग्नता बिना बाइडबडीमा यति ठूलो अनियमितता हुनै नसक्ने भएकाले पनि आवश्यक छानबिनका लागि संसदीय समिति चाहिन्छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अदालतको विषयमा बोल्दा मानहानी हुने भन्दै आफूहरुको प्रश्न गर्ने ठाउँ नै नभएको बताए। ‘अनियमितताको विषयमा धारणा राख्ने ठाउँ कहाँ छ ?’, बाबुरामले प्रश्न गरे।

‘लोकतन्त्रमा विश्वास गर्ने र जनताको आवाज बोल्ने उपयुक्त थलो नै संसद हो’, बाबुरामले भने, ‘हाम्रो भनाइ अन्त नभए पनि त्यहाँ राख्न पाइने भएकाले सर्बदलीय संसदीय समिति आवश्यक देखिएको छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version