काठमाडौं: प्रधानमन्त्री केपीशर्मा ओलीले विहिबार चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्।

विश्व वैकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ। स्थानीयको अवरोध नभए यो बन्दरगाह १८ महिनामा तयार हुनेछ। तर स्थानीयले बन्दरगाह निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्।

स्थानीयले हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने , कर्मचारीले पाउनुपर्ने पारिश्रमिक लगायतका माग राखेका छन्।

उनीहरुले एक साता अघि विश्व बैंकको आवासीय कार्यालय रहेको याक एण्ड यति होटलमा समेत विरोध प्रदर्शन गरेका थिए।

विहिबार शिलान्यास कार्यक्रममा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रविशंकर सैंजुले बन्दरगाह निर्माणको ठेक्का अवार्ड भइसकेको जानकारी दिए।

बन्दरगाह निर्माणको जिम्मा आशिष/साक्षी ज्वाइन्ट भेन्चरले पाएका छन्। आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी हो भने साक्षी चिनियाँ कम्पनी हो।

सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ ।

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका छन् । प्रधानमन्त्री केही शर्मा ओलीकै सहभागितामा हुन लागेको शिलान्यास कार्याक्रममा विरोध गर्न पुगेका करिब ३५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version